Connect with us
Kapilvast Forest

कामको आधारमा प्रतिनिधी चयन गर्नुपर्छ : आर्चाय

२०७९, २६ भाद्र आईतवारमा प्रकाशित

कपिलवस्तु-
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री एवं पुर्व सिचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्यले जनताले काम गर्ने नेतालाई चयन गनुपर्ने समय आएको बताए । नेपाली कागे्रस बुद्धभुमी नगर समितिले हनुमान चौकमा राखेको जनताको साथमा कांग्रेस अभियान बैठक तथा अन्तरिक्रिया कार्यक्रममा सम्बोधन गर्दै आर्चायले सो कुरा बताएका हुन ।उनले जनता न्यायधिश रहेको भन्दै आगामी मंसिर ४ गते मतदान गर्दा कामको मुल्यांकन गर्ने सयम आएको बताए ।

२०७४ सालमा स्वतन्त्रको नाममा एमालेको चुनाव चिन्ह लिई जितेका सांसद बृजेश कुमार गुप्ताले आफनो स्वार्थ अनुकुल बिभिन्न दल फेर्दै एमालेमा प्रबेश गरेको बताए ।राप्रपा, तमालोपा, स्वतन्त्र लगायत दलहरु फेरेर अहिले उत्तर तर्फको भोट पाएर जित्ने आशमा गुप्ता एमालेको प्रबेश गरेको उनले बताए । आफ्नो भीजन र दुष्टिकोण र्नै नभएको र खाली जित्नैकालागि पार्टी फर्नेलाई जनताले यसपालीको निर्वाचनमा चिन्नु पर्ने बताए ।

आर्चायले चुनाव जिते पनि नजिते पनि जिल्लाको सम्रग विकासमा दिनहुं काम गरिरहेको बताए । बिगतमा आफुले चुनाव जित्दा उक्तरी र दक्षिणी लगायतका क्षेत्रमा निरन्तर काम गरेको स्मरण समेत गरे ।

साथै आफ्नो निर्वाचन क्षेत्रमा नपरका उत्तरी उर्फका गाउहरुमा सिचाईको ब्यवस्था गरेको दाबी गरे । आफना दाजु स्वर्गीय बिष्णुराज आचार्यले गोरुसिंगे र ईमिलियामा तत्कालीन समयमा चलाएको बस्ती विकास योजनाका कारण अहिले ती दुबै लगायत अन्य स्थन धेरै बिकसित भएको बताए ।

साथै डुमरा हर्दौना सडक , टिक्कर बुडढ्ी विचगौरी सडक लगायतका काम पनि विगत देखी वर्तमान सम्म स्तोरनोती गरेको बताए । उनले यस पटक यस क्षेत्रका मतदाताहरुले आफुलाई जिम्मेवारी दिने र त्यो जिम्मेवारी आफुले पुरा गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे । सो अवसरमा पार्टीका प्रदेश सदस्य एवं पुर्व एसएसपी बिक्रम सिंह थापाले सुशानस बिकास, स्थिरताकालागि कांग्रेसलाई मतदान गर्नु पर्ने बताए ।

उनले कांग्रेसले राम्रै काम गरकोले महाराजगंज र बुद्धभुमीमा दोहरिएर मेयरले जितेकोले पनि कांग्रेस प्रति जनताको लगाव रहेको उनले बताए । सो अवसरमा पार्टीका जिल्ला सभापति अब्दुल कलामले पार्टीको अनुशासन तोडने, अन्तरघात गर्ने लगायतका पार्टी बिरोधी गतिबिधि गर्नेहरुलाई टिकट दिन नहुने बताए । त्यस्तै क्षेत्र नं २ का सभापति केशव कुमार श्रेष्ठले लोकतन्त्रलाई वचाउन र विकासलाई अगाडी लैजानको लागि नेपाली कागे्रंसलाई मतदान गर्नुपर्ने बताए ।

संविधानको रक्षा गर्ने र कार्यान्वन गर्ने एक मात्र दल कागे्रंस भएकाले विकास र देशको रक्षाको लागि कागे्रंसको नेतृत्व जरुरी रहेको बताए । नगर सभापति माधव दमासेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सदस्य रोमलाल खनाल , कपिलदेव तिवारी जिल्ला उप सभापति रजत राज आर्चाय , महिला संघकी अध्यक्ष मिना केसी , जिल्ला सदस्य सिता न्यौपाने लगायत बोलेको कार्यक्रमको संचालन नगर सचिव कमल अधिकारी र स्वागत नगर उप सभापति सुरज प्रताप राणाले गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu