Connect with us
Kapilvast Forest

डा. केसीकोे धनगढीमा अनसन

२०७९, २७ भाद्र सोमबारमा प्रकाशित

govinda kc

सत्याग्रही डा. गोविन्द केसीले सरकारले आफ्नो माग पूरा नगरेको भन्दै धनगढीमा आजदेखि अनसन सुरु गर्नुभएको छ । सात बुँदे माग राख्दै उहाँले धनगढीस्थित धर्मशालामा २० औं सत्याग्रह थाल्नु भएको हो ।

आफ्नो माग पूरागर्न उहाँले सरकारलाई अल्टिमेटम दिनुभएको जानकारी दिनुभयो । सरकारले माग पूरा नगरेको र त्यसप्रति गम्भीर नदेखिएकाले प्रधानमन्त्रीको गृह क्षेत्रमा आएर आफूले सत्याग्रह थालेको केसीले बताउनुभयो ।

सरकारकै अकर्मण्यताका कारण गेटा मेडिकल कलेज सञ्चालन हुन नसकेको उहाँको आरोप छ । डा. केसीले सत्याग्रहको क्रममा आफूले सादा पानीमात्रै पिउने बताउनुभयो । अनशन स्थलमा उहाँले सीसीटिभी क्यामेरा जडान गर्न आग्रह गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu