एनएमबिद्धारा सय जना विद्यार्थीलाई बित्तिय साक्षरता
कपिलवस्तु गोरुसिंगे– विद्यालयमा अध्ययनरत विद्यार्थीका लागी एकदिने बितिय साक्षरता कार्यक्रम कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका बडा न. ९ मा रहेको शुद्धोदन जनजिवन माध्यामिक विद्यालय जिनुवामा सम्पन्न भएको छ । शुद्धोदन जनजिवन मा.बि जिनुवामा कक्षा ११ र १२ मा अध्ययनरत करिव १ सय जना बालबालिकालाई एनएमबि बैक बनगाई शाखाको आयोजनामा बैकिग सम्वन्धि प्रशिक्षण दिईएको थियो ।
बित्तिय साक्षरता कार्यक्रममा बैकंले प्रदान गरिरहेको बिभिन्न बचत खाताहरुमा बालबचत खाता, स्मार्ट नारी बचत, कर्मचारीहरुका लागी तलव खाता,लगानी कर्ताहरुका लागी लगानी बचत खाता, बैदेसिक रोजगारी वाट आय हुनेहरुका परिवारका लागी रेमिटान्स बचत खाता तथा कर्जा खाताहरुमा बिधार्थीहरुले उच्च शिक्षा अध्ययनका लागी शैक्षिक कर्जा, साना ताथा मझौला ब्यवसाय संचालनका लागी एमएसएमई र एसएमई कर्जा कृर्षि कर्जा, महिलाहरुले संचालन गरेका ब्यवसाय प्रवर्दनका लागी अनुदानमा आधारीत महिला कर्जा बारेमा जानकारी दिईएको थियो ।
सहभागी विद्यार्थीहरुलाई बैकंले संचालन गरेको मोवाईल बैकींग सेवा, एटीएम, ईन्टरनेट बैकीगको माध्यमवाट दैनिक आर्थिक कारोवार गर्नका लागी घर परिवारका साथै समाजमा उत्प्रेरित गर्न सहभागी बिधार्थीहरु लाई एनएमबि बैक बनगाई शाखाका शाखा प्रमुख लाल बहादुर भण्डारीले जानकारी दिनुभएको थियो । त्यसैगरी प्रशिक्षणमा हाल बिभिन्न व्हटशप, इमो लगाएत बिभिन्न डिजिटल एप्सको माध्यम वाट चिट्ठा पर्यो भन्दै ठगी गर्ने गिरोहले कतिपय ठाउमा सकृय रहेकोले मोवाईल बैकीगंको पासवर्ड सेयर नगर्न जानकारी दिईएको थियो ।
एनएमबि बैकं सन २०१७ देखी हाल सम्म चार पटक नेपालको उत्कृष्ट अवार्ड जित्न सफल बैकं हो । नेपालमा २०२ शाखा मार्फत सबै प्रदेसमा सेवा प्रदान गरिरहेको छ । यस बैकंले गत बर्ष एसियामा उत्कृष्ट बैकंको उपाधि प्राप्त गरेको थियो । कपिलवस्तुमा यस बैकंका ६ वटा शाखा रहेका छन ।
बनगाई शाखा बिगत १० बर्षदेखि स्थानिय स्तरमा रहेको बचतलाई परिचालन गरी स्थानिय ब्यापार लगाएत बिभिन्न किसीमका कर्जा सुबिधा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी बैदेशीक रोजगरीमा गएका ब्यक्तिहरुले बिभिन्न रेमिटान्स कम्पनी मार्फत पठाएको पैसा नगद तथा खातामा जम्मा गर्ने कार्य गरिरहेको छ । उक्त बिक्तिय शाक्षरता कार्यक्रम कर्जा शाखा सहायक कमल आचार्यको सहजीकरणमा सम्पन्न भएको थियो ।