Connect with us
Kapilvast Forest

सरकारको ध्यान नपुगेको चोरखोला गाँउ, ४५ घर परिवार अन्धकारमा बस्न बध्य

२०७९, २८ भाद्र मंगलवारमा प्रकाशित

सनिउल्ला धोबी
कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका १ चोरखोला गाँउमा अहिले सम्म विद्युत सेवा विस्तार हुन सकेको छैन । विद्युत नभएका कारण यहाँका ४५ घर परिवार वर्षौदेखि अन्धकारमा बस्न बध्य भएका छन् । जिल्लाको अन्य स्थानमा विजुली पुगे पनि चोरखोला गाँउमा हाल सम्म पनि विद्युत बिस्तार भएको छैन । विद्युत् बिस्तार मात्रै होइन पोल समेत गाडिएका छैनन् । विद्युत नहुँदा यहाँका नागरिकलाई विद्युत सम्बन्धी सामान्य कामकाजमा समस्या हुने गरेकोे छ ।
चोरखोला गाँउमा पुर्व पश्चिम राजमार्ग विस्तार गर्दा वि.स २०२८ सालमा गाँउ बसेको थियो । गाँउ बसेको पचास बर्ष भन्दा बढी विते पनि अझैसम्म विद्युत सेवा पुग्न नसकेको स्थानीय एम वि सेन्चुरीले बताउनुभयो । एमवि सेन्चुरी भन्नुहुन्छ “चोरखोला नजिकैको गाँउमा विद्युत पुगेपनि आफ्नो गाँउमा विद्युत नपुग्दा निकै समस्या भोगेर बसेका छौँ ।”

बनकासबासा र धानखोलामा विद्युत नहुदा त्यहाका बासिन्दालाई निकै कठिनाई भोग्नु परेको धानखोलाका समाजसेवी दिनेश पुनले बताउनुभयो । पटक पटक विद्युत ल्याउनका लागि भन्दा समेत कुनै पहल नभएको समाजसेवी पुनले बताउनुभयो । बनकसबासा देखी ८किलोमिटर र धानखोला देखी ७ किलोमिटरको दुरी मात्र रहेपनि सम्बन्धीत निकाय विद्युतलाइन विस्तारको लागि खासै चाँसो नदिएको समाजसेवी दिनेश पुनले जानकारी दिनुभयो ।

चोरखोलामा विद्युत् लाइन नहुदाँ अन्धकारमय जिउन विताउनु परेको धर्मविर मगरको भनाई रहेको छ । उहाँले भन्नुभयो, “बिद्युत नहुँदा हामी सञ्चार सम्पर्कबाट पनि बिच्छेद हुने गरेका छौँ, नेटवर्क आउदैन, केही समस्या भए फोन सम्पर्क गर्न पनि गाह्रो हुन्छ ।”

विद्युतले गर्दा अहिलेको युगमा पनि विद्युत लाइन विस्तार नहुदाँ हामीलाई निकै समस्या भएको मगरले दुखेसोँ पोख्नुभयो । शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले विद्युत विस्तार गर्छु भन्दै चोरखोलावासीसगँ भोट माग्नु भएको थियो । स्थानिय तहको निर्वाचन भएको पनि ५ महिना वित्नै लाग्दा विद्युतको बारेका कुनै पहल नगरेको स्थानियले गुनाँसो गरेका छन ।

स्थानिय भन्छन “हामीसँग राष्ट्रिय विद्युत् प्रशारण लाइन पनि छैन, स्थानीय विद्युत् पनि उत्पादने छैन, सोलारकै भरमा सबै काम चलाउनुपर्ने बाध्यता छ । ” सोलार नभएको घरमा टुकी बालेर जिउन चलाउनु परेको स्थानियले बताउछन । सरकारले चाडै विद्युत जडान गर्नु पर्ने स्थानियको माग रहेको छ ।
यसक्षेत्रका प्रतिनिधी सभा सदस्य तथा सांसद अभिषेक प्रताप शाहले चोरखोलमा विद्युतको लागि उर्जामन्त्री पम्फा भुसालसगँ समन्वय गरी बजेट पारेको बताउनुभयो । आगामी मंसिर सम्म चोरखोलामा विद्युत पुग्ने गरी काम अघी बढेको सांसद शाहले बताउनुभयो ।

शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले नेपाल विद्युत प्राधिकरण कृष्णनगरसंग समन्वय गरीरहेको बताउनुभयो । अहिले बर्खाको समय भएकोले काम सुरु हुन समस्या हुदाँ असोज देखी विद्युत विस्तारको काम सुरु हुने उहाँले बताउनुभयो । विद्युत विस्तारको लागि टेन्डर प्रक्रिया अघि बढेको नगर प्रमुख थापाले जानकारी दिनुभयो ।

नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण शाखा प्रमुख कमर आलम खाँले अब केही महिना भित्रै चोरखोलामा विद्युत विस्तार गरिने बताउनुभयो । टेन्डर प्रक्रिया अघी बढेकाले अब विद्युत विस्ताको काम सुरु गर्ने शाखा प्रमुख खाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चोरखोलामा बनकसबासाबाट विद्युत लाइन प्रशारण जडान गर्दा सजिलो हुन्छ । हामीले अब काम सुरु गछँौ ।”

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu