Connect with us
Kapilvast Forest

नेपाल राष्ट्र बैंकद्धारा नयाँ नोट साट्न सुरु

२०७९, २९ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं- दशैं, तिहार र छठ पर्वका लागि भन्दै नेपाल राष्ट्र बैंकले आज (बुधबारदेखि) नयाँ नोट साट्न थालेको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट आजैदेखि नयाँ दिन थाले पनि उपत्यका बाहिर २ असोजदेखि नयाँ नोट साट्न सक्ने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिएका छन् ।

गतवर्ष जस्तै यसवर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाएका छन् । ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एक/एक वटा बन्डल हुने गरी १८ हजार ५०० रुपैयाँमा सीमा तोकिएको हो ।

नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालयका साथै बैंक तथा वित्तीय संस्थाहरुका विभिन्न शाखा कार्यालयमा नयाँ नोट साट्न सकिने उनले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu