Connect with us
Kapilvast Forest

अछाम पहिरो: मृतकको संख्या २२ पुग्यो, ११ घाइते

२०७९, २ आश्विन आईतवारमा प्रकाशित

अछाममा पहिरोमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ। कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ढकारी गाउँपालिका–६ का दुई वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका–५ का १७ वर्षीय जानकी शाही, १७ वर्षीया विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनिषा शाही, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीया मेनिका शाही, तीन वर्षीया कल्पना शाही र २१ वर्षीया भावना शाहीको मृत्यु भएको छ।

यस्तै कमलबजार नगरपालिका–६ का ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीय अर्धना कामी, नौ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी, १२ वर्षीय सिरु कामीको मृत्यु भएको छ।

कमलबजार ८ डुङाल्ला का २६ वर्षीय गम्भीर दमाई, २३ वर्षीया भाना दमाई, छ वर्षीय डिग्रा दमाई, तीन वर्षीय कलु दमाई, चार वर्षीय कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए।

पहिरोमा परी ११ जना घाइते भएका छन्। ती मध्ये तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेतस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu