Connect with us
Kapilvast Forest

राष्ट्रपति भण्डारीद्धारा संविधान दिवस २०७९ को शुभकामना

२०७९, ३ आश्विन सोमबारमा प्रकाशित

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले आमनिर्वाचनमा सक्रियतापूर्वक सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न सबै मतदातामा हार्दिक अपिल गर्नुभएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस २०७९ का अवसरमा शुभकामना दिँदै उहाँले शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान गर्न पाउने नागरिक अधिकार सुनिश्चित गर्न नेपाल सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चार माध्यमका साथै सम्पूर्ण जनसमुदायमा आह्वान पनि गर्नुभएको छ।

संविधानद्वारा सुनिश्चित मौलिक अधिकार कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवासुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्ने बताउनुभएको छ। देशको हित र जनताको उन्नतिभन्दा ठूलो अर्को कुनै लक्ष्य हुन नसक्ने सन्देशमा उल्लेख छ। उहाँले संविधानको पालना र कार्यान्वयन गर्न राज्यका सबै अङ्गले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्‍वास सन्देशमार्फत व्यक्त गर्नुभएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu