Connect with us
Kapilvast Forest

शरीरलाई आवश्यक पर्नेभन्दा दोब्बर नुन उपभोग

२०७९, ४ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौँ- नेपाली उपभोक्ताले शरीरलाई आवश्यक पर्नेभन्दा दोब्बर मात्रामा आयोडिनयुक्त नुन उपभोग गर्ने गरेको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को अध्ययनबाट आयोडिनयुक्त नुन उपभोग धेरै भइरहेको देखाएको हो।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार हरेक प्रौढ व्यक्तिलाई दैनिक पाँच ग्राम आयोडिनयुक्त नुन आवश्यक पर्छ तर सन् २०२० मा प्रकाशित स्वास्थ्य परिषद्को अध्ययनले नेपालीले दैनिक औसतमा ९.१ ग्राम उपभोग गर्ने गरेको पाइएको छ। परिषद्ले सात प्रदेशका ६६ जिल्लाका १५ देखि ६९ उमेर समूहका चार हजार ३६१ जनालाई सहभागी गराएर यो अध्ययन गरेको थियो।

एउटा प्रौढ व्यक्तिलाई दैनिक पाँच ग्राम आयोडिनयुक्त नुन आवश्यक पर्नेमा अध्ययनमा सहभागीमध्ये ७०.८ प्रतिशतले प्रत्येक दिन ९.१ ग्राम नुन उपभोग गर्ने गरेको पाइएको छ भने २९.२ प्रतिशतले दैनिक १० ग्राम आयोडिनयुक्त नुन उपभोग गर्ने गरेको पाइयो। सो अध्ययन समूहका अनुसन्धानकर्ता डा. मेघनाथ धिमालले नेपालीको डब्लुएचओले तोकेको मापदण्डभन्दा दोब्बर आयोडिनयुक्त नुन उपभोग गर्ने बानीले स्वास्थ्यमा समस्या बढेको दाबी गर्नुभयो।

उहाँले आयोडिनयुक्त नुनको बढी उपभोग गर्ने बानीले उच्च रक्तचाप, मधुुमेह, थाइराइडलगायतका स्वास्थ्य समस्या आउने भएकाले स्वयं उपभोक्ता सचेत हुनुपर्ने र नियमनकारी निकायबाट नुन बढी उपभोग गर्दा स्वास्थ्यलाई पर्ने असरबारे सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो। खाद्यवस्तुको गुणस्तर र मापदण्ड तोक्ने अधिकार प्राप्त निकाय खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले एक÷डेढ वर्षदेखि शरीरलाई आवश्यकभन्दा नुन बढी उपभोगले जनस्वास्थ्यमा असर पार्ने भन्दै सचेतनाका कार्यक्रम गर्दै आएको जनाएको छ।

विभागका महानिर्देशक डा. मतिना जोशी (वैद्य)ले नेपालीको नुन बढी खाने बानीमा सुधार ल्याउन विद्यालय र कलेजका विद्यार्थीसँग सचेतनाका कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “नुन बढी खाने बानी सुधार गर्ने काममा विभागले गर्ने भनेको त जनचेतनाका कार्यक्रम गरेर सजग गराउने मात्रै हो। प्रत्येक दिन शरीरलाई चाहिने नुन कति हो भन्ने विषयमा स्वयं उपभोक्ता नै सचेत हुनुपर्छ।”

विभागका गुणस्तर महाशाखाका प्रमुख किशोर केसीले नेपालमा औसत खानुपर्नेभन्दा दोब्बर नुन उपभोग गर्ने ठूलो समस्या रहेको बताउनुभयो। कतिपय खानेकुरा फलफूल र सागसब्जीमा पहिले नै नुनको मात्रा हुन्छ तर नेपालीले ती खानेकुरामा समेत स्वादका लागि नुन प्रयोग गरेर उपभोग गर्ने बानी छ, यस्ता गलत बानी हटाउनुपर्छ।

विक्रम संवत् २०१० पछि धेरै नेपालीमा गलगाँडको निकै ठूलो समस्या देखिएको थियो। २०४१÷४२ सालतिरको अध्ययनमा ४४.२ प्रतिशत नेपालीमा यो रोग रहेको देखिएको थियो। सरकारले २०३० सालतिरै नुनमा आयोडिन मिसाएर वितरण गर्न र २०४० सालतिर सुई र ट्याब्लेटको माध्यमबाट आयोडिन दिन थाल्यो।

२०३९÷४० देखि साल्ट टे«डिङ कर्पाेरेसनले आयोडिनयुक्त नुनलाई ‘आयो नुन’ ब्रान्डमा प्याकेजिङ गरेर बिक्री वितरण सुरु गरेको थियो। यी प्रयासस्वरूप २०६४ सालसम्म आइपुग्दा गलगाँडको समस्या हुनेको सङ्ख्या ०.४ प्रतिशतमा झ¥यो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu