Connect with us
Kapilvast Forest

अवैध संरचना हटाउन ललितपुरले दियो ३५ दिनको समयसीमा

२०७९, ५ आश्विन बुधबारमा प्रकाशित

काठमाडौं-ललितपुर महानगरपालिकाले पनि नक्सा विपरीतका संरचना हटाउन ३५ दिनको हदम्यादसहितको सूचना जारी गरेको छ । महानगरपालिकाले आफ्नो क्षेत्रभित्र नक्सा स्वीकृत नगरी मापदण्ड विपरीत बनाइएका संरचनाहरु,सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरेर निर्माण गरिएका स्लोप, टप, र्‍याम्प, सिँढी लगायतका संरचना ३५ दिनभित्र हटाइसक्ने निर्देशन दिएको छ ।

सूचनाअनुसार नक्सा स्वीकृत गर्दा पार्किङ प्रयोजनमा स्वीकृति लिएर अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरु पनि खाली गरेर तोकिएको प्रयोजनामा लगाउन भनिएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना सुधार्न वा हटाउन ३५ दिनको समय दिइएको छ ।

सम्बन्धिकत घरधनीले नहटाएमा महानगर आफैंले कानुन अनुसार संरचना हटाउने महानगरपालिकाले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu