Connect with us
Kapilvast Forest

‘लौरो अभियान’द्वारा सबै स्वतन्त्र उम्मेदवारलाई एकजुट हुन आग्रह

२०७९, ५ आश्विन बुधबारमा प्रकाशित

‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ले देशभरका सम्पूर्ण स्वतन्त्र उम्मेदवारहरूलाई एकजुट हुन आग्रह गरेको छ। आगामी मंसिर ४ मा हुने संघ तथा प्रदेश सभाको निर्वाचनमा ‘लौरो’ चुनाव चिन्ह लिन चाहने उम्मेदवारहरूलाई अभियानमा जोडिन आग्रह गरिएको हो।

पहिलो चरणमा देशका विभिन्न ठाउँमा पुगेर स्वतन्त्र उम्मेदवार घोषणा गरिसकेको अभियानले दोस्रो चरणको घोषणा कार्यक्रमको लागि देशभरका सबै उम्मेदवारलाई अभियानमा जोडिन अनुरोध गरेको हो। यसअघि अभियानले लौरो चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहने उम्मेदवारहरूको आवेदन खुल्ला गरेको थियो, जसमा १ हजार ५ सय बढी उम्मेदवारहरूले आवेदन दिएका छन् भने अन्यलाई पनि आवेदन दिन आग्रह गरिएको छ।

आवेदन दिएका मध्येबाट छनौटमा परेका उम्मेदवारहरूलाई अभियानको दोस्रो चरणको कार्यक्रममार्फत लौरो चुनाव चिन्ह प्रदान गर्ने अभियानका प्रवक्ता हरि कार्कीले जानकारी दिए। सुमन सायमी अध्यक्ष रहेको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ले प्रतिनिधिसभा तथा प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिन चाहनेहरूको लागि लौरो चुनाव चिन्ह प्रदान गर्ने उनको भनाइ छ। यस अभियानमा जोडिने जो कोहीले लौरो चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुन सक्ने उनले बताए ।

त्यसैगरी अभियानले विभिन्न चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका अन्य उम्मेदवारहरूलाई यस अभियानमा जोडिएर एकजुट भएर अगाडि बढ्न अनुरोध गरेको छ। सबै स्वतन्त्र उम्मेदवारहरूको चाहना नेता बन्नु नभएर देश बनाउनु भएकोले सबै स्वतन्त्र उम्मेदवार एकजुट हुन आवश्यक रहेको अभियानको ठहर छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu