Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेशमा डेंगुबाट ३ जनाको मृत्यु , दुई हजार ७ सय ४४ संक्रमित

२०७९, ६ आश्विन बिहीबारमा प्रकाशित

बुटवल- लुम्बिनी प्रदेशमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने दुई हजार ७ सय ४४ जना संक्रमित भएका छन् ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयकाे तथ्याङ अनुसार डेंगुको संक्रमणले तीनजनाको मृत्यु भएको हो ।

निर्देशनालयले पाल्पाको रिब्दिकोट गाउँपालिका-१ का ख्याहाका ५८ वर्षीय पुरूष, दाङको घोराही उपमहानगरपालिका-१४ का ४० वर्षीया महिला र बर्दियाका ८६ वर्षीय वृद्धको पनि डेंगु संक्रमणबाट मृत्यु भएको जनाएको हाे।

लुम्बिनीको प्रदेशकाे दाङमा ११ सय ८०, रूपन्देहीमा ७ सय, अर्घाखाँची १ सय ३८, गुल्मीमा २सय ९२, पाल्पामा ९८, नवलपरासी पश्चिममा ६२, बाँकेमा ४४, कपिलवस्तुमा ४९, बर्दियामा ८६, प्युठानमा ३६, रूकुम पूर्वमा १६, रोल्पामा ७ र प्युठानमा ३६ जना संक्रमित भेटिएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu