पोखरीमा डुबेर आमा छोराको मृत्यु
कपिलवस्तु -कपिलवस्तुमा पोखरीमा डुबेर आमाछोराको मृत्यु भएको छ।
कपिलवस्तुकाे शुद्धोधन गाउँपालिका २ कर्महवा बस्ने २२ वर्षिय रिमा यादव र उनको ६ महिने छोराको पोखरीमा डुबेर मृत्यु भएको हो।
घरदेखि करिब २५ मिटर पूर्व रहेको सार्बजनिक पोखरीमा डुबेका आमा छोराको बुधबार मृत्यु भएका ईलाका प्रहरी कार्यालय पकडीले जनाएको छ।