Connect with us
Kapilvast Forest

उपत्यकामा ७० हजार खसीबोका आवश्यक

२०७९, ७ आश्विन शुक्रबारमा प्रकाशित

khasi_boka_pakrau

काठमाडौँ-नजिकिदैँ गरेको दशैँका लागि उपत्यकामा करिब ७० हजार खसी, बोका आवश्यक पर्ने अनुमान गरिएको छ । पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालका अनुसार यस वर्षको दशैँका लागि काठमाडौं उपत्यकामा मात्र ६० देखि ७० हजार खसीबोकाको मासु खपत हुने देखिएको हो । यो वर्ष कोरोना सङ्क्रमण सामान्य बन्दै गएकाले दशैँ उल्लासमय हुने देखिएकाले खसीबोकाको माग पनि बढी हुने अपेक्षा गरिएको ढकालले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गत सालभन्दा यसपाली कोरोाना सङ्क्रमण सामान्य बन्दै गएको छ । यस वर्षको दशैँ बढी उल्लासमय हुने देखिन्छ । त्यसकारण खसी, बोकाको माग बढी हुने अनुमान छ ।’ गत सात काठमाडौं उपत्यकाका लागि ५५ हजार खसीबोका भित्रिएको ढकालको भनाइ छ । गत वर्षभन्दा यसवर्ष १५ हजार बढी खसीबोका खपत हुने विभागको प्रक्षेपण छ ।

विभागले उत्पादन, उपभोक्ता, नगरपालिकाहरुसँग आपूर्ति सुनिश्चितताका लागि छलफल गरेको थियो । छलफलमा स्वस्थ्कर खसीबोका कसरी उपभोक्तामाझ पुर्याउने र व्यवस्थापकीय भूमिकामा सबैले सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन हजारको हाराहारीमा खसी,बोका र च्याङ्ग्रा ल्याउने भएको छ । आवश्यक पर्ने अन्य खसीबोका भने खसीबोका व्यवसायीमार्फत नै ल्याइनेछ ।

आन्तरिक उत्पादनले नै माग धान्ने

यसपटकको दशैँमा खपत हुने खसीबोकाको माग आन्तरिक उत्पादनले नै धान्ने बताइएको छ । खसीबोका व्यावसायीसँग विभागले गरेको छलफलमा आन्तरिक उत्पादनले नै माग धान्ने व्यवसायीको तर्क रहेको सूचना अधिकारी ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही दिन अघि विभागले खसीबोका व्यवसायीलाई बोलाएर माग र आपूर्तिका विषयमा कुरा राखेका थियौँ । यस वर्ष आन्तरिक उत्पादनले नै माग धान्ने व्यवसायीले बताउनुभएको थियो ।’

विगतका वर्षमा देशबाहिरबाट पनि खसीबोका आयात गरेर बिक्री वितरण गरिए पनि यसपटक भने आन्तरिक उत्पादनबाट नै मागको पूर्ति गरिने व्यावसायीले बताएका छन् ।

यस्तै यसपालि विभागले च्याङ्ग्रा व्यवसायीलाई पनि च्याङ्ग्रा खरिद गर्न आग्रह गरेको छ । ‘च्याङ्ग्राको माग पनि हुने भएकाले व्यवसायीलाई खरिद गर्न सक्ने अवस्था भए खरिद गर्न आग्रह गरेका छौँ । केही व्यवस्थापनमा कठिनाइ भए विभागले सहयोग गर्ने पनि निर्णय भएको छ’, ढकालले भन्नुभयो ।

यस्तै विभिन्न जिल्लाबाट व्यवसायीले खसी, बोका उपत्यका ल्याउदा कुनै कठिनाइ भए पशु सेवा विभागले सहयोग गर्नेछ । गत वर्षजस्तै यस वर्ष पनि उपत्यकाका विभिन्न क्षेत्रबाट खसी, बोकाको स्वास्थ्य परीक्षण गर्ने जनाएको छ । ढकालका अनुसार उपत्यकामा खसीबोका आइसकेपछि विक्री वितरण हुनुभन्दा अघि स्वास्थ्य परीक्षण गरेर कलरिङ् गरिने उहाँको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu