रेविज रोग नियन्त्रणको लागि सचेतना आवश्यक
कपिलवस्तु-
रेविज रोग नियन्त्रणको लागि समुदाय स्तर सम्म सचेतना जनउनु पर्ने सरोकारवालाहरुले जनाएका छन । १६ औ अन्तराष्ट्यि विश्व रेविज दिवसको अवसरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तु द्धारा आयोजित कार्य्रममा सरोकारवालाहरुले यस्तो वताएका छन् ।
विशेष गरि भाइरस वाट लाग्ने यो रोग विभिन्न जनावरको टोकाइ वाट सर्ने र लाग्ने भएपनि रेविज रोग लागेको कुकुरको टोकाइवाट वा उसको र्याल वाट प्रर्वल रुपमा मानिसमा लाग्ने यो रोगवाट वच्न ग्रामिण स्तरमा कुकुर नियन्त्रण र खोप कार्यक्रम जरुरी रहेको केन्द्रका प्रमुख विष्णु प्रसाद खनालले बताए ।
कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाउनको लागि आवश्यक पर्ने बजेट र खोप लगाउनका ेलागि समन्यव गर्ने समेत खनालले बताए । विकसित देशमा रेविज रोग नियन्त्रण भएपनि नेपालमा भने यसको नियन्त्रण हुन नसकेको डां गणेश पुनले बताए । रेविज रोग नियन्त्रण गर्र्नको लागि विभिन्न प्रचार प्रसार, विद्यालय शिक्षा लगाएतका क्रियाकलाप गर्ने र खोप कार्यक्रमलाई वृहद रुपमा लैजान पर्ने पुनले बताए । त्यस्तै मायदेवी गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादवले स्थानीय सरकार र प्रदेश सरकार मिलेर रेविज रोग नियन्त्रणको लागि अभियान थाल्नु पर्ने बताए ।
वाणगगा नगरपालिकाका पशु चिकिस्क राजकुमार तिवारीले प्रदेश सरकारले बजेट व्यवस्थान गरि स्थानीय तह संग मन्यव गरि प्रचार प्रसार र संघन रुपमा रेविज विरुद्धको खोप अभियान संचालन गर्नुपर्ने बताए । दिवको अवसरमा केन्द्रले कुकुर र विरालोहरुमा निशुल्क रेजि विरुद्धको खोप संचालनमा ल्याएको छ