सुरही नदीबाट बालुवा चोरी गर्ने एक जना पक्राउ
सनिउल्ला धोबी-
कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका ८ विलरहवामा सुरही नदीबाट अवैध रुपमा वालुवा
चोरी गर्ने एक जना पक्राउ परेका छन ।
अवैध वालुवा चोरी गरी डम्पिङ्ग गर्ने शिवराज ८ विलरहवाका बर्ष ३० का वली मुसलमानलाई प्रहरीले पक्राउ गरेको छ । सुरही नदी छेउमा रहेको डम्पीङ पलाटमा करिब १ सय ट्राली अवैध वालुवा डम्पिङ्ग गरेको प्रहरीले जनाएको छ ।
डम्पीङ पलाट नजिकै रहेको सुरही नदीबाट रातको समयमा वालुवा निकासी गरि गरेको स्थानिय रामेश चौधरीले बताउनुभयो । प्रहरी चौकी देवीपुरले पक्राउ
गरेको टिप्पर र डम्पिङ्ग सन्चालक । डम्पिङ्ग पलाटमा रहेको करिब १ सय ट्राली अवैध वालुवा प्रहरीले नियन्त्रणमा लिएको छ ।
डम्पिङ्ग क्षेत्रमा वालुवा लोड गर्न पुगेको बुटवलका रामु खनालको लु १ क ३३५९ नम्बरको टिप्पर समेत प्रहरीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक कपिलजंग शाहीले बताउनुभयो । बालुवा डम्पिङ्ग्को बारेमा थप अनुसन्धान जारी राखेको प्रहरी निरीक्षक शाहिले बताउनु भयो ।