Connect with us
Kapilvast Forest

सल्यानमा पहिरोले तीन घर पुरिए

२०७९, २१ आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं- सल्यानको कपुरकोट गाउँपालिका-३ सलाम भन्ने स्थानमा पहिरो जाँदा तीन घर र दुई गोठ पुरिएका छन् । केही चौपाया मरेका छन् । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालका अनुसार केशरसिंह रानाको एउटा कच्ची घर र गोठ, बिरबहादुर रानाको एउटा कच्ची घर र विजय सिंह बुढाको एउटा कच्ची घर र गोठ पहिरोमा पुरिएका छन् ।
उनीहरुका भैंसी र बाख्रा पहिरोमा पुरिएर मरेका छन् । ‘घर-गोठ पुरिए, पशु धन क्षति भयो तर मानवीय क्षति भने हुन पाएन,’ उनले भने, ‘क्षतिको पूर्ण विवरण आउन बाँकी नै छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu