Connect with us
Kapilvast Forest

३६ सय जनाको उम्मेदवारी दर्ता

२०७९, २३ आश्विन आईतवारमा प्रकाशित

काठमाडौं- निर्वाचन आयोगले आइतबार साँझसम्म करिव ३६ सय उम्मेदवारको मनोनयन दर्ता भएको जनाएको छ । प्रतिनिधिसभामा १६ सय र सातवटै प्रदेशमा २ हजार गरी ३६ सय जनाको उम्मेदवारी आयोगको प्रणालीमा इन्ट्री भएको छ ।

‘अहिलेसम्म त्यति इन्ट्री भएको छ । कतिपयको इन्ट्री हुने क्रममा छ भने कतिपय बल्ल निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरेका छन्’ निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्माले अनलाईखबरसँग भने, ‘यो संख्या अझै बढ्ने देखिन्छ ।’ उनका अनुसार, दुर्गमका केही ठाँउमा सञ्चार सम्पर्क हुन कठिनाइ भएकाले थप विवरणहरु आउने क्रममा छ ।

आयोगले अहिले ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरेका उम्मेदवार र उनका प्रतिनिधिहरुलाई मनोनयन दर्ता गर्न दिने जनाएको छ । अब भने अरु व्यक्ति मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयमा जान पाउने छैनन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu