Connect with us
Kapilvast Forest

बारामा एकैपरिवारका तीन जनाको हत्या, भाग्दै गरेका मृतकका श्रीमान् पक्राउ

२०७९, २६ आश्विन बुधबारमा प्रकाशित

hatya

काठमाडौं – बाराका प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँका २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरीको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरुको घाँटी रेटेर हत्या भएको हुनसक्ने देखिएको छ । प्रहरीका अनुसार उनीहरु सुजाना उनका श्रीमान र छोराछोरीसहित गँगटा मार्न घरबाट निस्किएकी थिइन् ।

श्रीमान् भागेको अवस्थामा दुर्घटना हुँदा केहिपर घाइते अवस्थामा भेटिएका छन् । प्रहरी स्रोतका अनुसार अस्पतालमा उपचार भइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको छ । प्रारम्भिक अनुसन्धानमा घरायसी विवादमा हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

घटनामा श्रीमानको भूमिका स्पष्ट भइसकेको छैन । एसपी बोगटीले अनलाइनखबरसँग भने, ‘श्रीमानको बयान लिएपछि थप विषयहरु खुल्ला ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu