जसपा कपिलवस्तु ३ (ख) को पार्टी कार्यालय उद्घाटन
कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालले विजयनगर ६ खडैचामा पार्टी कार्यालय उद्घाटन गरेको छ । आज एक कार्यक्रमका विच जनता समाजवादी पार्टी नेपालले पार्टी कार्यालय उद्घाटन गरेको हो । पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज नविन सुनुवारको प्रमुख आथित्यमा पार्टी कार्यालय उद्घाटन गरिएको छ ।
कार्यालय समुद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य सुनुवाइरले काँग्रेस, कम्युनिष्ट जस्ता पुराना पार्टीहरुले राजनीतिलाई समाज सेवा नभई कमाइ खाने भाँडो बनाएर राजनीतिमा अनेक विकृति र विसंगति भित्र्याएकाले जनता समाजवादी पार्टीले ती विकृति विसंगतिको अन्त्य गर्दै जनताको चाहना बमोजिमको विकास, समृद्धि, उन्नति र प्रगति ल्याउने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै पार्टीका प्रदेश अध्यक्ष तथा क्षेत्र नं ३ (ख) का प्रदेश सदस्यका उम्मेदवार असोक यादवले जनताको अधिकार सुनिश्चितताको लागि मधेशी, थारु, मुस्लिम, आदिबासी जनजाति, दलित, महिला एक ठाउँमा गोलबद्ध हुनुपर्नेमा जोड दिदैं अझै पिछडिएको बर्गले अधिकार पाउन नसकेको दाबी गरे यदावले अबको निर्वाचन जसपाले जिते मात्रै सबै बर्गले अधिकार प्राप्त गर्ने बताए ।
कार्यक्रममा सम्बोधन गर्दै संघिय परिषद् तथा परदेश प्रवक्ता अकरम पठानले जसपा शोषित, उत्पीडित समुदाय र सर्वहारा बर्गको पार्टी भएको बताए । देशमा सबैखाले विभेद अन्त्य गर्न आउदैं गरेको निर्वाचनलाई उपयोग गर्नुपर्नेमा जोड दिदै पठानले पहिचान, अधिकार, प्रतिनिधित्व र विकासलाई एकसाथ अगाडि बढाउन निर्वाचनमा जसपाका उम्मेदवारलाई सरकारको नेतृत्वमा पु¥याउने अवसरबाट चुक्नु नहुने बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य हरी कला सुनुवार, क्षेत्रिय अध्यक्ष जगदम्बा कुर्मी, समानुपातिक उम्मेदवार जगमोहन बरई , जासपा गाउँ कमिटी अध्यक्ष सन्तराम तेलि ,शाहा नवाब शाहा बुधराम थारु , वडा नं ३ का वडा अध्यक्ष बि .के चौधरी लगायतले बोल्दै अबको निर्वाचनमामा जनता समाजवादी पार्टीले ऐतिहासिक विजयी हासिल गर्ने बताए ।