Connect with us
Kapilvast Forest

बागमती नदी किनारमा निर्माण गरिएका अवैध संरचना भत्काइए

२०७९, २९ आश्विन शनिबारमा प्रकाशित

काठमाडौँ-बागमती नदी किनारमा निर्माण गरिएका अवैध संरचना शुक्रबार भत्काइएका छन् । काठमाडौँ महानगरपालिका र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको सहकार्यमा थापाथलीदेखि यूएन पार्क क्षेत्रको पुलसम्म अवैध रूपमा निर्माण गरिएका संरचना शुक्रबार भत्काइएका हुन् ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको नेतृत्वमा बागमती नदीको क्षेत्राधिकारभित्र निर्माण भएका भौतिक संरचना भत्काइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सुकुम्बासी बस्ती नजिकै निर्माण गरिएका ओम शान्तिको भवन, रुद्रेश्वर मन्दिरको पुजारी बस्ने भवन, साईबाबा भवन भत्काइएका छन् । किरियापुत्री भवनमा अहिले किरियापुत्री बसिरहेकाले सो भवन भने भत्काइएको छैन । त्यहाँबाट किरियापुत्री कात्तिक २ गते हटिसकेपछि त्यो भवन पनि भत्काइनेछ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेनाले ती संरचना हटाउन यसअघि नै पटक–पटक सूचना गरिए पनि सम्बन्धित निकायले नहटाउँदा अहिले हटाइएको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu