ज्योति लाईफ इन्स्योरेन्सद्धारा चेक हस्तान्तरण
कपिलवस्तु- ज्योति लाईफ इन्स्योरेन्सले घातक रोग उपचारको लागि बीमित मिरा मल्ललाई १९ लाख ३ हजार ८० रुपैया को चेक हस्तान्तरण गरेको छ। सोमबार चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिका का नगर प्रमुख अजय थापाले ज्योति लाइफ इन्स्योरेन्सले बिमित मल्ललाई सो बराबरको रकम उपचारमा सहज हुने बताउदै जिबन बिमा गर्न नगरबासिहरुलाइ आग्रह गर्नु भयो ।
घातक रोगहरुको लागि घातक रोग उपचार सुविधा सहित जीवन बीमा योजना जारी गरेको इन्स्योरेन्सले कपिलवस्तुको शिवरा३ मदवा निवासी मृगौला फेल भई काठमाडौमा उपचाररत मल्लको बीमा सम्झौता अनुसार घातक रोगको उपचार सुविधा बीमाङ्क वापत सो रकम प्रदान गरेको ज्योति लाईफ इन्स्योरेन्स चन्द्रौटा उप शाखाका प्रमुख युवराज पौडेलले जानकारी दिनु भयो ।
बिमित मल्ल्को २ वटै मृगौला फेल भइ हाल उपचाररत हुनुन्छ। बिमितको चेक हस्तान्तरण गर्दै उपशाखा प्रमुख पौडेलले बीमा दाबी भुक्तानी प्रकृया भन्झटिलो र ढिला सुस्ती हुने आम जनमानसमा रहेको भ्रमलाइ परिवर्तन गर्दैे ज्योति लाईफ इन्स्योरेन्स सर्वाधिक घातक रोगहरु सङ्गै उत्कृष्ट सुबिधा प्रदान पहिलो नेपाली बीमा कम्पनी भएको बताउनु भयो ।
साथै उहाँले आगामी दिनहरुमा बीमितहरुलाई अझ स्तरीय सेवा दिने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।बिमितको घातक रोग सम्बन्धि उपचाररत अस्पतालले रोग सिफारिस गरेपश्यात उक्त बिमा बाफतको रकम ज्योति लाई इन्स्योरेन्स चन्द्रौटा उप शाखाले सो रकम दिएको हो ।