Connect with us
Kapilvast Forest

कपिलवस्तु-३ मा गठबन्धनको प्रचारप्रसार कार्यालय उदघाटन

२०७९, १ कार्तिक मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
मंसिर ४मा हुने आसन्न निर्वाचनलाई लक्षित गर्दै बाम लोकतान्त्रिक गठबन्धनको कपिलवस्तु क्षेत्र नं. ३(क)को निर्वाचन प्रचार प्रसार समितीको कार्यालयको आज चन्द्रौटामा उद्घाटन भएको छ । नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टिका नेता कार्यकर्ताहरुको सहभागितामा कार्यालयको उद्घाटन नेपाली काग्रेस केन्द्रिय सदस्य रुपा विकले गरेकी हुन ।

कार्यालय उद्घाटन गर्दै केन्द्रिय सदस्य वि.क.ले गठबन्धनका उदम्मेदवारहरुलाई सबैले एक ढिक्का भएर विजयी गराउनु पर्नेे बताईन । अहिलेको निर्वाचनमा गठबन्धनका सबै पार्टिका नेता कार्यकर्ता व्यक्तिगत, गुटगत तितोपिरो विर्सिएर साझा उम्मेदवारहरुलाई जिताउन लाग्नु पर्ने बताइन । नेपाली काग्रेसले देश अफ्ठ्यारोमा परेको वेला लोकतान्त्रिक दलहरु संग मिलेर नेतृत्व गर्दै देश बचाएको स्मरण समेत गरिन । ओली प्रवृतीको प्रतिगामीबाट देश र जनतालाई बचाउन सहि दिसानिर्देशन गर्न गठबन्धन भएको र यो गठबन्धन पवित्र गठबन्धन भएको बताइन ।


कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रुद्रलाल बन्जाडेले जित सुनिश्चित भइसकेकोले प्रतिगामी तत्व अनेकन जालझेल गर्दै बाम लोकतान्त्रिक गठबन्धन जित्दैन ,ठिक्दैन भन्दै जनतामाझ भ्रर्म छर्न लागि परेकोले त्यो भ्रम गठबन्धनका नेता कार्यकर्ताले चिर्नु पर्ने बताए । नेपाल समाजवादी पार्टिका केन्द्रिय सदस्य रहिश शाहले देश बचाउन, देश विकास गर्न गठबन्धका उम्मेदवारलाई जिताएर गठबन्धन कै दिगो सरकार बनाउनु पर्ने बताए । ओलिको प्रतिगामी कदमले देश दुर्घटना तर्फ धकेलिएको अवस्थामा देश बचाउन र संविधानलाई संस्थागत गर्न बनेको गठबन्धनका उम्मेदवारलाई जुनसुकै मूल्यमा पनि जिताउने अभिभारा अब आम नेपालीको काधमा आएकोले भ्रमका पछाडी नलागी साझा उम्मेदवारलाई जिताउनु पर्ने उनले बताए ।
नेपाली काँग्रेसका जिल्ला उपाध्यक्ष हुमकान्त खनालले अब देशलाई सहित गन्तव्य तर्फ गठबन्धले नै डोराउने हुनाले गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन नेपाली काँग्रेस सिङ्गो जिल्ला पार्टि सक्रिय रुपमा लागि पर्ने बताए । स्थानिय निर्वाचनमा बाम लोकतान्त्रि पार्टि बिच नगरमा चुनावी एकता हुन नसक्दा भएको घाटालाई स्मरण गर्दै केन्द्रिय स्तरबाटै भएको बाम गठबन्धनलाई अब कुनै पनि शक्तिले हराउन नसक्ने बताए ।

नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विष्णु बेल्वासेले अब गठबन्धनका नेता कार्यकर्ताले काग्रेस , माओवादी नभनि सिङ्गो गठबन्धनका उम्मेदबारलाई साझा उम्मेदवारको रुपमा बुझि निर्वाचनमा होमिनु पर्ने बताए । अब पनि कोहिकसैले पूर्वाग्रह राखी उम्मेदवारको विरुद्ध गए तत्काल कारबाहि गर्न सबै पार्टिका नेता तयार रहुन पर्ने बताए । नेपाली काँग्रेस क्षेत्र नं. ३(क) का सभापति गोविन्द के.सी.ले गठबन्धनका सबै पार्टिका युवाहरुलाई निर्वाचनमा सक्रिय रुपमा परिचालन गरी साझा उम्मेदवारहरुलाई विजयी गराउनु पर्ने बताए ।

कार्यक्रममा क्षेत्र नं. ३ का उम्मेदवार अभिषेक प्रताप शाहले सिङ्गो क्षेत्रको स्वास्थ्य,शिक्षा, रोजगारका लागि आफु सडक देखि सदन सम्म आवाज उठाउदै आएको बताउदै क्षेत्रको सम्रग विकासमा आफु सदैब प्रतिबद्ध रहेको बताए । क्षेत्र नं. ३(क)का उम्मेदवार एहसान अहमद खाँले आफ्नो जित संगै विकास निर्माणका कामले गति लिने बताए ।

कार्यालय उद्घाटन संगै निर्वाचन परिचालन समिति समेत गठन गरिएको छ । समितिमा दोर्ण बहादुर पुन (दिनेश) संयोजक, गोविन्द के.सी. सहसंयोजक, केहरसिंह अदै सहसंयोजक रहने गरि ५ सय ५१ सदस्यीय समिति गठन गरेको छ । उद्घाटन कार्यक्रम नेपाली काग्रेस क्षेत्र नं. ३(क) का सभापति गोविन्द के.सी.को अध्यक्षता र नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य दोर्ण बहादुर पुनको संचालनमा सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu