कपिलवस्तु -३ मा गठबन्धनको घरदैलो अभियान सुरु
कपिलवस्तु- बाम लोकतान्त्रिक गठबन्धन कपिलवस्तु क्षेत्र न ३ ले मतदाता भेटघाट तथा घरदैलो अभियान सुरु गरेको छ ।
प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अभिषेक प्रताप शाह र ३ (१) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार एहसान अहमद खाले शिवराज १ शिवपुरबाट मतदाता भेटघाट सुरु गरेका हुन ।
काग्रेस जिल्ला उपसभापति हुमाकान्त खनालले टीका माला लगाएर जित को अग्रिम सुभकामना समेत दिएका छ्न ।
अभियानमा गठबन्धनका तर्फका उम्मेदवारलाई नेता ,कार्यकर्ताहरूले घरघरमा मतदाताहरू भेट्दै गठबन्धनका साझा उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरेका थिए । निर्वाचन मिति नजिकिँदै गठबन्धनका साझा उम्मेदवारहरूले सुरु गरेको घरदैलोबाट कपिलवस्तुक्षेत्र न३ लगायत यतिवेला देशभर नै चुनावी माहौल तात्दै गएको छ ।