Connect with us
Kapilvast Forest

गुल्मीमा गाई काट्ने चारजना पक्राउ

२०७९, ५ कार्तिक शनिबारमा प्रकाशित

गुल्मीमा गाई काट्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मालिका गाउँपालिक वडा नम्बर २ मा गाई काट्दै गरेका २२ वर्षीय रमेश बिक, २८ वर्षीय महलाल बिक, ६१ वर्षीय टोपबहादुर रसाइली र ३५ वर्षीया तारा बिकलाई शुक्रबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।

गाई काट्दै गरेको गोप्य सूचनाको आधारमा पौदी अमराई चौकीको टोलीले उनीहरुलाई पक्राउ गरी जिल्लामा ल्याइएको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

उनीहरुलाई मुलुकी अपराध संहिताको दफा २८९ अनुसार पशुपंक्षी सम्बन्धी कसुरको मुद्दा चलाउने तयारी भइरहेको खरेलले बताउनुभयो ।

यस क्षेत्रमा पहिले देखि नै गाई काट्ने गरेका घटनाहरु सार्वजनिक हुने गरेका छन् । #gulmiNews

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu