शुद्धोधनका नेता रामनयन जसपामा प्रवेश
कपिलवस्तु-कपिलवस्तुको शुद्धोधन गाउपालिकामा कांग्रेसको सक्रिय राजनीति गरिरहेका रामनयन यादव जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छ्न ।
जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुको लबनी म जनसम्पर्क कार्यलय समुदघाटन कार्यक्रममा यादव जसपा प्रवेश गरेको जसपा जिल्ला अध्यक्ष शैलेन्द्र यादवले जानकारी दिनुभयो ।
नेपाली काग्रेसको प्रभावशाली नेता शुद्धोधन गाउँपालिका अध्यक्ष पदको उम्मेदवार समेत रहेका रामनयन यादव लगायत सयौ बढी नेता कार्यकर्ता जसपा प्रवेश गरेको अध्यक्ष यादवले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा माओवादी नेता सुख्खु मुसलमान सहित दर्जनौं नेता कार्यकर्ता जसपा प्रबेश गरेका हुन ।
नव प्रवेशुहरुलाई जसपा प्रदेश सदस्य सन्तोष पान्डेयले अबिर र टिका लगाएर प्रबेश गराउनु भएको थियो ।