विजयनगरका कर्मचारी खुलेआम राजनितिक कार्यक्रममा
कपिलवस्तु – नेकपा एमाले कपिलवस्तु क्षेत्र न ३ को एक कार्यक्रममा बिजयनगर गाउपालिका का कर्मचारी सहभागी भएको पाइएको छ ।
बिजयनगर गाउँ पालिकाका सुकुम्बासी आयोग अन्तरगत शाखामा काम गर्ने सन्तोष तिवारी यसरी एमालेको चुनाव प्रचार मा होमिएका छन ।
एमाले निकट युवा सघले आयोजना गरेको उक्त कार्यक्रम सहभागी भएको फोटो सार्वजनिक भएपछि निर्वाचन कार्यालय प्रती प्रश्न चिन्ह खडा भएको छ ।
निर्वाचन आचारसंहितामा बिपरित कार्य गरेको भन्दै स्थानीयले बिरोध गरेका छन । कर्मचारी प्रयोग गरेर निर्वाचन आचारसंहितामा विपरीत गर्ने छुट कसैलाइ नभएको भन्दै कार्वाहीको माग गरिएको छ ।