Connect with us
Kapilvast Forest

गठबन्धनलाई मतदान नगर्ने भए न्याउरी मारी पछुतो हुन्छ : नेपाल

२०७९, १३ कार्तिक आईतवारमा प्रकाशित

पाल्पा-
नेपाली कांग्रेसका केन्द्रीय प्रचार बिभाग सदस्य तथा पुर्ब केन्द्रीय सदस्य हरि प्रसाद नेपालले गठबंधनलाई मतदान नगरे न्याउरी मारी पछुतो हुने बताउनु भएको छ । उहाँले अघिल्लो निर्वाचनमा एमालेले बहुमत पाएर दुई दुई पटक संसद विघटन गरेर जनताको अभिमतको कदर गर्न नसकेको बताउनु भयो ।
गठबन्धन दलले पाल्पाको रिब्दिकोट गाउँ पालिकाको भैरबस्थान र खस्यौलीमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले बिपक्षीको अनावश्यक भ्रममा नपर्न आग्रह गर्नु भएको छ । पुर्ब साँसद समेत रहनु भएका नेता नेपालले जनताको अभिमतलाइ गठबन्धनले कदर गर्ने समेत बताउनुभयो ।
नेपाली कांग्रेसका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले सहमति सहकाॠ र एकताको सन्देश दिन गठबन्धन गरेको बताउँदै विपक्षीले गरेको अनावश्यक भ्रममा नपर्न आग्रह गर्नुभयो ।
गठबन्धनका तर्फबाट पाल्पा निर्वाचन नं. २ प्रतिनिधीसभा सदस्यका उम्मेदवार सोम प्रसाद पाण्डेयले पाल्पाको बिकासमा जहिले सुकै कटिबद्ध भएर लागेको बताउनु भयो । उहाँले संविधान विरोधीहरुका विरुद्ध गठबन्धन स्वाभाविक, प्रभावकारी र दिगो हुने बताउनुभयो।

नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहनुभएका नेता पाण्डेयले सत्ताको मातमा ओलीले संविधानले निर्धारण गरेका राजनीतिक नियममाथि पटक–पटक प्रहार गरेको र संवैधानिक निकाय कब्जा गर्न थालेकाले त्यसका बिरुद्ध गठबन्धन भएको बताउनुभएको हो ।

नेता पाण्डेयले असंवैधानिक र प्रतिगामी कदम रोक्न तथा संवैधानिक प्रक्रियालाई सहि बाटोमा ल्याउन ऐतिहासिक प्रक्रिया प्रारम्भ भएको बताउनुभयो । नेता पाण्डेयले त्यसको आधारस्तम्भ नै अहिलेको सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित पाँचदलीय वाम–लोकतान्त्रिक गठबन्धन भएको बताउनुभयो ।

कार्यक्रममा निर्वाचन क्षेत्र नं. २ (२) का उम्मेदवार तुलाराम घर्तीले यो गठबन्धन ऐतिहासिक आवश्यकता भएको र असंवैधानिक एवं प्रतिगामी चिन्तनधाराविरुद्ध बनेको बताउनुभयो । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहनु भएका नेता घर्तीले कांग्रेस र कम्युनिस्ट मिलेरै छयालीस र बैसठ्ठी–त्रिसठ्ठी सालको जनआन्दोलन गरेका भन्दै यिनै शक्तिबीचको सहमतिबाट संविधानसभाले यो संविधान बनाएको बताउनुभयो । उहाँले लोकतन्त्र र संविधानका आधारभूत मूल्य र मान्यता रक्षाको सवालमा एक ठाउँमा उभिनु स्वाभाविक भएको बताउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल किशोर घिमिरे, एकीकृत समाजवादिका केन्द्रीय सदस्य यादव बहादुर रायमाझी, माओवादी केन्द्र जिल्ला संयोजक राजेन्द्र बिक, रास्टिय जनमोर्चाकि नरमती सिंजाली, नेपाली कांग्रेस रिब्दिकोट गाउँ पालिका सभापति रामचन्द्र पाण्डे, यलगाएतले गठबन्धनले राजनीतिक स्थायित्वलाई टेवा दिन सक्ने बताएका छन् । भैरबस्थानको भार्कोट, रानीठाटी , ढेकुलडाँडा, खस्यौलीको हार्थोक लगायतका स्थानमा घरदैलो कार्यक्रम गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu