कपिलवस्तु नगरपालिकाद्धारा नहान मेलाको सार्वजनिक बिदा
कपिलवस्तु – कपिलवस्तु नगरपालिकाले कार्तिक पुर्णिमाका दिन लाग्ने नहान मेलाका लागि कार्तिक २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नगरपालिमा बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको मेयर सुदीप पौडेलले जानकारी दिए ।रामघाटमा कार्तिक पुर्णिमाका दिन बर्षौ देखि परंपरागत नहान मेला लाग्दै आएको छ ।
मेलाकालागि रामघाटमा आवश्यक तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेले बताए ।