Connect with us
Kapilvast Forest

कपिलवस्तुमा स्रोत नखुलेको भारु सहित एक जना पक्राउ

२०७९, १७ कार्तिक बिहीबारमा प्रकाशित

कपिलवस्तुमा स्रोत नखुलेको भारतीय रकमसहित एक जना पक्राउ परेका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ मिडियाचोक घर भएका ३९ वर्षे मुक्ति खनाललाई उक्त रकमसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

खनालको साथबाट पाँच लाख ५२ हजार आठ सय स्रोत नखुलेको भारतीय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । उनलाई तौलिहवाबाट लु.१६ प ४११७ नम्बरको मोटरसाइकलमा मर्यादपुर जाँदै गरेको अवस्थामा यशोधरा गाउँपालिका–७ बाट नियन्त्रणमा लिइएको बताइएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रुपन्देही पठाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj