Connect with us
Kapilvast Forest

आन्दोलनको उपलब्धि संस्थागत गर्नुपर्छ : अध्यक्ष यादव

२०७९, १८ कार्तिक शुक्रबारमा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घर्षबाट प्राप्त उपलब्धि संस्थागत गर्नुपर्ने बताउनुभएको छ । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका उपाध्यक्ष यादवले सो कुरा बताउनुभएको हो ।

शुक्रबार राजविराज नगरपालिका वडा नं. २ को राजदेवी टोलमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले उपलब्धि रक्षाका लागि थप सङ्घर्षको आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “मधेश विद्रोहलगायत त्यसका पूरक आन्दोलनले मधेशीलाई अधिकार त दिलायो । अझैँ पनि शासन प्रणालीको सुधार, समान अवसरको प्राप्ति र मधेशमा विकासका लागि सङ्घर्षको आवश्यकता छ ।”

उहाँले मधेशलाई आधारभूमी बनाएर हिमाल, पहाड सबै क्षेत्रका उत्पीडित, दलित र अल्पसङ्ख्यकको अधिकारका लागि प्रयत्नशील बताउनुभयो ।सङ्घीयता र गणतन्त्र जस्ता उपलब्धि हासिल भए पनि तराई मधेशमा जनसङ्ख्याको अनुपातमा बजेट नदिइने गरेका कारण यहाँको विकास हुन नसकेको भन्नुहुँदै उहाँले ५३ प्रतिशत जनसङ्ख्या भएको मधेशमा १८ प्रतिशत मात्र लगानी भइरहेको बताउनुभयो ।

सप्तरीमा शिक्षा र स्वास्थ्य क्षेत्र हबको रूपमा अघि बढेको र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, इन्जिनियरिङ कलेज, कृषि विश्व विद्यालय, नर्सिङ कलेज लगायतको काम पुरा भएको र आगामी दिनमा विकासको गति झनै बढ्ने दाबी गर्नुभयो ।

उहाँले औद्योगिक क्षेत्रको पूर्ण क्षमताका साथ सञ्चालन तथा औद्योगिक वातावरणका लागि भारतीय सीमावर्ती क्षेत्र न्यौरदेखि सप्तरीको राजविराज हुँदै गाईघाट सोलु जोड्ने सडक निर्माणको काम अगाडि बढेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा पार्टीका नेता एवम् राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादव, जसपाका प्रवक्ता मनिषकुमार सुमन, पूर्व सांसद एवम् प्रदेशसभा सदस्यका प्रत्याशी रञ्जु ठाकुर, राजविराज नगरपालिकाका प्रमुख भीमराज यादव लगायतका नेताहरूले पनि आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu