कपिलवस्तुमा ७ जना जुवाडे पक्राउ
कपिलवस्तु- कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ स्थित जुनकिरी होटलमा जुवाको खेलिरहेका ७ जना जुवाडे फक्राउ परेका छन ।
शुक्रवार मध्यरातमा होटलको माथील्लो तल्लामा जुवा खेली रहेको अवस्थामा प्रहरीले छापा हानी जुवाडेहरुलाई पक्राउ गरेको हो ।
खालबाट १ लाख ३६ हजार ८ सय १५ रुपैया बरामद भएको प्रहरी नायब उपरिक्षक मिन बहादुर घलले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा होटल संचालक तथा घर धनी रामु भुसाल, सहित तिलाराम भुसाल, मोबिन रेग्मी, बाणगां नगरपालिका ८ लौगाईका राम बहादुर रानाभाट, पिपराका शेर बहादुर क्षेत्री, होम बहादुर थापा नविन भुषाल रहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
।पक्राउ परेकोहरुसंग आवश्यक सोधपुछ र अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।