Connect with us
Kapilvast Forest

प्रदेशसभा सदस्य उम्मेदवार पौडेल भन्छन- जित सुनिश्चित छ

२०७९, २४ कार्तिक बिहीबारमा प्रकाशित

कपिलवस्तु क्षेत्र नं ३ (१) को राष्ट्रिय प्रजातन्त्र पार्टीका  प्रदेश सभा सदस्य पदका उम्मेदवार कृष्ण पौडेलले चुनावमा आफु बालियो रहेको बताउनुभएको छ । जनताको घरमा पुग्दा राप्रपा प्रती जन लरह रहेकोले राप्रपाको जित सुनिश्चित भएको बताउनु भयो ।

कुरा गरेर मात्र क्षेत्रको विकास नहुने बताउँदै जिते लगत्तै विकास निर्माणको काम गर्ने बताउनुभयो । एउटै व्यक्ती बारबार निर्वाचन लड्नु भनेको पदलोलुपता हाबी भएकोले यस पटक राप्रपालाई विश्वास गर्न पौडेलले आग्रह गर्नुभयो ।

प्रदेश सभा सदस्यमा जनताले जिताएमा आफुले क्षेत्रको विकासको लागि प्रदेश र केन्द्र बाट बजेट व्यवस्थापन गरेर विकास गर्ने बताउनुभयो । शिक्षा, स्वास्थ्य, कृषि लगायत धेरै विषयवस्तुमा काम गर्नुपर्ने अवस्था आएको आफूले  उम्मेदवारी दिएको पौडेलले बताउनुभयो । उहाँले मंसिर ४ गते हुने निर्वाचनमा जित सुनिश्चित भएको बताउनुभयो ।

कपिलवस्तु क्षेत्र नं ३ (१) मा नेपाली काग्रेस, नेकपा माओवादी र राष्ट्रिय जनमोर्चा लोकतान्त्रिक बाम गठबन्धन बनेर मैदानमा होमिएका छन भने एमाले, नेकपा एकिकृत समाजवादी, लोकतान्त्रि समाजवादि पार्टि र राष्ट्रिय प्रजातन्त्र पार्टि एक्ला एक्कै चुनावी मैदानमा उत्रिएका छन ।

गठबन्धनले नेकपा माओवादी केन्द्रबाट एहसान अहमद खानलाई अघि सारेको छ । यस्तै एमालेबाट एक कार्यकाल प्रदेश सदस्य रहि सक्नु भएका अर्जुन कुमार केसी हुनुहुन्छ । एकिकृत समाजवादीबाट जिवलाल पौडेल, लोकतान्त्रिक समाजवादी पार्टिबाट रविदत्त मिश्र उम्मेदवार बन्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj