Connect with us
Kapilvast Forest

अमिताभ बच्चनले भने- म हात जोडेर भन्छु, कृपया हलमा गएर फिल्म हेरिदिनुहोस्

२०७९, २५ कार्तिक शुक्रबारमा प्रकाशित

बलिउड अभिनेता अमिताभ बच्चन अभिनीत फिल्म ‘उचाई’ कात्तिक २५ गतेदेखि प्रदर्शन हुँदैछ। हालै अमिताभले आफ्नो शो ‘कोन बनेगा करोडपति’ मा ‘उचाई’ का अन्य कलाकार नीना गुप्ता, बोमन इरानी र अनुपम खेरलाई बोलाएका थिए। उक्त शोमा अमिताभ, नीना, बोमन र अनुपमले निकै रमाइलो गरेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्समा उल्लेख छ।

यसैबीच अमिताभले दुई हात जोडेर दर्शकहरूलाई फिल्म हेर्न आग्रह गरेका छन्। ‘टिकट काटेर हलमा फिल्म हेर्नुको जुन मज्जा हुन्छ, त्यो बैग्लै हुन्छ। कृपया हामीलाई हेर्न हलमा जानुहोला। आजकल धेरै महामारी फैलिरहेको छ। त्यसैले हलमा गएर फिल्म हेर्न दर्शकहरू हिच्किचाइरहेका छन्। म हात जोडेर भन्छु, टिकट काटेर फिल्म हेरिदिनुहोस्,’ उनले भने।

नीना गुप्ताले टिकटको मूल्य तीन/चार सयबाट घटेर १५० रूपैयाँ भएको बताइन्। त्यस्तै उनले अमिताभलाई यो कुरा दर्शकलाई पनि बताउन आग्रह गरेकी छन्।

यो फिल्मको अधिकांश छायांकन नेपालमा गरिएको हो। हिमाली भेगमा छायांकन भएको हुँदा अमिताभ बच्चन उपस्थित थिएनन्। नेपालमा भएको छायांकनमा उनको डमी कलाकार प्रयोग गरिएको थियो। मुम्बइमा भएको छायांकनमा अमिताभले नै अभिनय गरेका छन्।

राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्मलाई सुरज वर्जत्यले निर्देशन गरेका हुन्। मित्रताको कथामा बनेको फिल्ममा अभिताभ, बोमन, अनुपम, नीनासँगै परिणिती चाेपडा, डेनी डेन्जोङ्पा, नीना गुप्ता र सारिका हसनको मुख्य भूमिका छ। फिल्ममा नेपाली कलाकारले पनि अभिनय गरेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj