पर्सा मिलन केन्द्र काठमाडौंबाट पत्रकार छतकुली सम्मानित
काठमाडौं – पर्सा मिलन केन्द्र काठमाडौंले २२ औं पर्सा दिवस मनाएकाे छ ।
पर्साबाट काठमाडौंमा आएर बुद्धिजीवी, व्यवसायी, बिद्यार्थी बिचकाे सम्बन्धलाई निरन्तरता पर्सा मिलन केन्द्र स्थापना पुर्व राजदुत डा. राम भक्त ठाकुरले बताउनुभयाे।
उहाले आगामी दिनमा पर्सावासीहरुका हकहितका लागी पर्सा मिलन केन्द्र काठमाडौंले अझै शशक्त रुपमा काम गर्ने बताउनुभयो ।
पर्सा मिलन केन्द्रको २२ औं दिवसको अवसरमा एबीसी टेलिभिजन मधेस प्रदेशका ब्यूरो प्रमुख शेखर छतकुली सम्मानित हुनुभएको छ ।
त्यस्तै, स्वास्थ्य क्षेत्रमा डाक्टर गोपाल प्रसाद गजुरेल, सामाजिक क्षेत्र तर्फ बृजेश प्रसाद चौधरीलाई सम्मान हुनुभयाे।