Connect with us
Kapilvast Forest

पानी र बिजुली बेचेर नेपाल धनी बन्छ : प्रधानमन्त्री देउवा

२०७९, ३० कार्तिक बुधबारमा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान र सङ्घीयताको रक्षाका लागि गठबन्धन गरेर निर्वाचनमा होमिएको बताउनुभएको छ । बुधबार बैतडीको तल्लोस्वराड क्षेत्रको सुल्लेखानमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले स्वारडबासीलाई पञ्चेश्वर परियोजना अगाडि बढ्ने आश्वासनसमेत दिनुभयो । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि पञ्चेश्वर परियोजना अगाडि बढाउने कुरामा सकारात्मक रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “पानी र बिजुली बेचेर नेपाल धनी बन्न सक्छ । पश्चिमसेती परियोजनाको सम्झौता भएर काम अघि बढिसकेको छ । पञ्चेश्वर परियोजना अघि बढे बैतडीको तल्लोस्वराड क्षेत्रको मात्रै नभएर समग्र दशेको विकास हुन्छ ।”

जनमत सङ्ग्रहका बेला बैतडीको तल्लोस्वराड क्षेत्रका प्रत्येक वस्तीमा बास बसेको स्मरण गर्नुहुँदै उहाँले तल्लोस्वराड क्षेत्र द्वारारिकादेवी ठकुरानीको कर्मथलोसमेत भएको बताउनुभयो । प्रधानमन्त्री देउवाले आफू छिमेकी जिल्ला डडेल्धुराको बासिन्दा भएकाले बैतडीको तल्लोस्वडा क्षेत्रको समस्याका बारेमा राम्ररी जानकार रहेको बताउनुभयो । ठकुरानी २०१५ सालको निर्वाचित पहिलो सांसद हुनुहुन्थ्यो ।

बैतडीको स्वराड क्षेत्रको विकासका लागि आफूले उग्रतारा–मेलौली सडक निर्माण गरेर कालोपत्रेको काम अघि बढाएको उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले गठबन्धको सरकार बनेपछि पाटन–पञ्चेश्वर सडक कालोपत्रे भइरहेको बताउनु हुँदै पञ्चेश्वर परियोजना, महाकाली नदीमा झोलुङ्गे पुल, झुलाघाटमा मोटरेवल पुल र डडेल्धुरा–बैतडीको सुर्नया नदीमा पक्की गठबन्धनको सरकारले बनाउने पनि दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “द्वारिकादेवी ठकुरानीको ठाउँमा पुनः फर्केर आउँदा खुसी लागेको छ । गठबन्धनका उम्मेदवारलाई जिताउनुहोस्, द्वारिकादेवीपछि स्वराड क्षेत्रबाट शिवराज भट्टलाई मन्त्री बउँछौं ।” नेपाली कांग्रेसका नेता शिवराज भट्ट प्रदेश सभा (ख) बाट गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ ।

कार्यक्रममा बोल्नुहुँदै नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले माओवादीले गरेको सङ्घर्षका कारण सङ्घीयता आएपछि गाउँमा विकासको अनुभूति हुन थालेको बताउनुभयो ।

नेता भट्टले बैतडी सदरमुकाम पुग्न दुई दिन पैदल हिँड्ने स्वराडका जनता अहिले मोटल चढेर आवत जातव गर्न थालेको देख्दा सङ्घीयता सफल हुँदै गएको बताउनुभयो । उहाँले संविधान र सङ्घीयताको रक्षा गरेर विकासका अधूरा काम पूरा गर्न गठबन्धन आवश्यक भएकाले विकास र समृद्धिका लागि गठबन्धनलाई मतदान गर्न अपिल गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu