Connect with us
Kapilvast Forest

गृह जिल्लामा प्रधामन्त्री देउवाको ११ चुनावी आमसभा

२०७९, १ मंसिर बिहीबारमा प्रकाशित

डडेल्धुरा- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरा पुगेर ११ वटा चुनावी आमसभालाई सम्बोधन गर्नुभएको छ । यसअघि उहाँले गृह जिल्लामा यति धेरै कार्यक्रमलाई सम्बोधन गर्नुभएको थिएन ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट उहाँले ६ पटक निर्वाचित हुनुभएको छ । अहिले उहाँ सातौं पटक उम्मेदवार बन्नुभएको हो । उम्मेदवार भएदेखि यति धेरै चुनावी सभालाई सम्बोधन गरेको पहिलो पटक भएको कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले बताउनुभयो ।

चुनावी आमसभालाई सम्बोधन गर्नुहुँदै देउवाले २०३६ तिर डडेल्धुरालगायत सुदूरपश्चिमका अधिकांश जिल्लाका वस्तिमा पुगि पञ्चायती व्यवस्थाविरुद्ध अभियान चलाएको बताउनुभएको छ ।

त्यसबेला सडक, सञ्चार, बिजुली नहुँदा समस्या भएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “२०३६ सालमा तीन दिन हिडेर धनगढी पुगेको थियौं, त्यहाँबाट भारतको बाटो रेल चढेर काठमाडौँ गएका थियौं ।”

मंसिर ४ को निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गरी विजयी गराउन उहाँले मतदातासँग आग्रह गर्नुभयो । निर्वाचन आयोगले कात्तिक १७ गते देखि मंसिर १ गतेसम्म प्रचारप्रसार गर्ने समय तोकेपछि १७ गते नै देउवा गृहजिल्ला डडेल्धुरा पुगेर बाम लोकतान्त्रि गठबन्धनको आमसभालाई सम्बोधन गरेर प्रचारप्रसारको शुभारम्भ गर्नुभएको थियो ।

रोजगारीका अवसर सिर्जना गर्न पश्चिम सेती र एसआर–६ (सानो सेती) १२ सय मेगावाट बिजुली उत्पालनका लागि भारतीय कम्पनीसँग सम्झौता भई अध्ययनको काम भइरहेको उहाँले जानकारी गराउनुभयो । पञ्चेश्वर परियोजना निर्माणको काम अघि बढाउन भारतीय प्रधामन्त्रीसँग कुराकानी भएको पनि प्रधानमन्त्री देउवाले जानकारी गराउनुभयो ।

यससँगै उहाँले महाकाली करिडोरको काम द्रुत गतिमा हुने, सेती लोकमार्गको काम अघि बढाइने, सिंचाई, खानेपानी, बिधुतको समस्या रहेको गाउँवस्तीमा समस्या समाधान गरिने बताउनुभयो । सभापित देउवा यस पटकको निर्वाचनमा ६ दिन डडेल्धुरा बस्नुभई ११ वटा आमसभालाई सम्बोधन गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाले बिहीबार अजयमेरु गाउँपालिका –१ खतेडामा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रचारप्रसारको कामलाई बिश्राम दिनुभएको सचिव चटौतले बताउनुभयो । यस पटक देउवाले जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–५ स्थित बागबजारको बसपार्क, गृह पालिका गन्यापधुरा–२ को बडाल, ३ को सकायल, नवदुर्गा गाउँपालिका–४ को बेलापुर, भागेश्वर गाउँपालिका– २ को रुपाल, ३ को बोगडा, अजयमेरु गाउँपालिका– ३ को भद्रपुर, ५ को देवल, १ को खतेडा, आलिताल गाउँपालिका– ३ को गोदाम र परशुराम नगरपालिका–१२ को लालढुङ्गामा आयोजित आमसभालाई सम्बोधन गर्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu