Connect with us
Kapilvast Forest

बिदेशमा बस्ने नेपाली कहिलेसम्म माैन बस्ने

२०७९, २ मंसिर शुक्रबारमा प्रकाशित

काठमाडौं – देशमा निर्वाचनको माहोल चलिरहँदा विदेशमा रहेका नेपालीहरुले आफुलाई बेवास्ता गरिएको भन्दै दुखेसो गरेका छन्।

‘वर्षौंदेखि रोजगारी वा अन्य कामका शिलशिलामा विदेशमा रहेका हामीजस्ता नेपालीहरु भने सँधैभरी मौन भएर बस्नुपर्ने बाध्यता’ मा पारिएको भन्दै एनआरएनए माल्टाले आपत्ति जनाएको हो ।

एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालले विदेशमा बस्ने नेपालीको रेमिट्यान्सले देश चलाउने तर देशलाई आर्थिक सम्पन्नताका लागि पहल गर्ने नेपालीलाई मताधिकार नदिने सरकार र निर्वाचन आयोगको निर्णयले दुखि तुल्याएको बताउनुभयो ।

विज्ञप्तिमा भनिएको छ ‘२०७५ सालमै सर्वोच्च अदालतले विदेशमा बस्ने नेपालीका लागि पनि मतदानको व्यवस्था गर्न भन्दै गरेको निर्देशनात्मक आदेश लागू गर्न निर्वाचन आयोग तयार नहुँदा हामी मताधिकारबाट बञ्चित भएका छौँ ।’

निर्वाचनमा ठूलो प्रभाव पार्न सक्ने मतदताहरुलाई यसरी मौन बसाएर हामीले पठाएको रेमिट्यान्स मात्र चलाउने शैलीप्रति दुःखी व्यक्त गर्दै विज्ञप्तिमा भनिएको छ ‘यो महान पर्व सफल बनोस् र यसबाट चुनिएर आउने प्रतिनिधिले अर्को निर्वाचनमा हामी जस्ता मतदातालाई पनि मताधिकार प्रयोगको सुनिश्चितता गराउन सकून्।’

यस अघि पनि पटक पटक विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउने भन्दै सम्भाव्यता अध्ययनका लागि निर्वाचन आयोग र नेपाल सरकारका अधिकारीहरु पटक पटक विदेश भ्रमणमा गएका थिए ।
तर आयोगले कानुनी र अन्य जटिलता देखाउँदै उक्त व्यवस्था गर्न सकेन । अहिले मौन अवधि चलिरहँदा विदेशमा रहेका नेपालीहरुले आफ्नो मौनता तोडेका हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj