Connect with us
Kapilvast Forest

सिन्धुपाल्चोकमा किरियापुत्रीले गरे मतदान

२०७९, ४ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ४ मा किरियापुत्रीले मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । आमाको किरिया बसेका चुर्णप्रसाद श्रेष्ठ, कमल श्रेष्ठ, मानबहादुर श्रेष्ठ, पूर्णप्रसाद श्रेष्ठले मतदान गरेका हुन् । उनीहरुले कालिकादेवि मावि मतदान केन्द्रमा पुगि भोट दिएका छन् ।

आमाको मृत्यको शोकमा उनीहरु ३ दिनदेखि किरिया बसेका छन् । स्पष्ट भिजन र मिसन भएको नेतृत्वलाई जिताउनका लागि आफूहरु दुखको घडीमा पनि मतदान गर्न आएको उनीहरुले बताए । कमल श्रेष्ठले भने, ‘सही नेतृत्व चयन गर्नका लागि हामी दुखको घडीमा पनि मतदान गर्न आएका हौं ।’

चुर्णप्रसाद श्रेष्ठले मतको महत्व बुझेर आफू मतदानमा सहभागी भएको बताए । उनीहरुका लागि परम्परा अनुसार कसैलाई नछोई मतदान गर्ने वातावरण मिलाइएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu