कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य निर्वाचित भएका छन ।
आचार्यले नेकपा एमालेका बृजेश कुमार गुप्तालाई पराजित गरेका हुन । उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा पराजित भएका गुप्ताले ३८ हजार ६९७ मत पाएका छन ।