मुख्यमन्त्री कार्यालय देउखुरीमा
सनिउल्ला धोबी,
कपिलवस्तु- लुम्बिनी प्रदेश सरकारका प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी)दाङलाई विकास गर्न स्थानीय स्तरबाट पहल गर्नु पर्ने बताउनु भएको छ । प्रदेश प्रमुख शेरचनले दाङ्ग देउखुरी अन्नको भण्डार भएको बताउनु भयो ।
लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा मुख्यमन्त्री कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख यहाको विकासका लागि लुम्बिनी सरकार काटिबद्द रहेको बताउनु भयो ।
पहाडको जिल्लामा धान दाईलगाउदा किसालने देउखुरीको शह आओस भनेर उत्पादन बढाउने कथन परापुर्वकाल देखि चलिआएको बताउनु भयो ।
त्यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले सबैलाई पयाक पर्ने स्थानमा राजधानीको कार्यालय रहेको बताउनु भयो ।
मुख्यमन्त्री केसीले केही भुमाफियाले राजधानीको नाममा जग्गाको मुल्य बढाएको भन्दै त्यस्तालाई पहिचान गरि कार्वाही गर्ने सुरक्षा निकायलाई निर्देशन दिनु भयो ।