शिवराजका अति बिपन्न विद्यार्थीलाई यातायात सुबिधा दिने निर्णय
सनिउल्ला धोबी, कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिकाले अति बिपन्न परिवारका विद्यार्थीहरुलाई यातायात सुबिधा दिने निर्णय गरेको छ । नगरपालिकाको आज बसेको छैठो बैठकले वडा न १ र ९ को धानखोला, दोबाटा, चोर खोला र बनकसवासाबाट पढ्न आउने अति बिपन्न परिवारका विद्यार्थीहरुलाई यातायात सुबिधा दिने निर्णय गरेको छ । विद्यार्थीहरुलाई आवतजावतमा निकै समस्या भएको गनासो आएपछी कार्यपालिका बैठकले यातायताका सुविधा दिने निवर्पाय गरेका शिवराज नगरपालिका नगरप्रमुख अजय थापाले जानकारी दिनुभयो ।