Connect with us
Kapilvast Forest

कपिलवस्तुको विकास गर्न युवानेता खाँको माग

२०७९, ४ पुष सोमबारमा प्रकाशित

काठमाडौ- नेकपा एकीकृत समाजबादीका अध्यक्ष तथा पुर्बप्रधानमन्त्री माधब कुमार नेपालसगँ कपिलवस्तुका युवा नेता इन्तेखाब अहमद खाँले कपिलवस्तुको विकासका बारेमा भेटवार्ता गर्नु भएको छ ।
युवा नेता खाँले कपिलवस्तुको सिमानाकाका बस्तीमा सडक सन्जाल, स्वास्थ्य, शिक्षा, शुद्ध खानेपानी र भौतिक पुर्वाधार विकास गर्नका लागि ध्यानाकर्षण गराउनु भएको हो ।
नेकपा एसका कृष्णनगर नगरपालिकाका नगर अध्यक्ष समेत रहेका युवा नेता खाँले कपिलवस्तुको कृष्णनगर बजारलाई ब्यवस्थित गरि शहरीकरण गर्न पुर्वप्रधानमन्त्रीसग माग गरेको बताउनु भयो ।
काठमाडौमा भेटवार्ता गर्दै पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले कपिलवस्तुको समग्र विकासका लागि प्रतिबद्ध रहेको बताउनु भयो ।
शहरी विकास मन्त्रालय मार्फत विकासका योजना कपिलवस्तुमा पार्नका लागि शहरी विकासमन्त्री मेटमणी चौधरीलाई अनुरोध गरेको जानकारी दिनु भयो ।

युवा नेता खाँ शहरी विकासमन्त्री मेटमणी चौधरीसगँ समेत कपिलवस्तुको विकासमा ध्यान दिन माग गर्नु भयो । कपिलवस्तुको कृष्णनगरका लागि बजेट मार्फत विकासका काम जारी रहेको शहरी विकासमन्त्री मेटमणी चौधरीले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj