मुस्लिमले रक्तदान गर्नु जयाज, ६८ पोइन्ट रगत संकलन
सनिउल्ला धोबी-
कपिलवस्तुको चन्द्रौटामा शनिवार ६८ पोइन्ट रगत संकलन भएको छ । रक्तदान जिवनदान भन्ने नारा सहित सब डिभिजन बन कार्यालय खरेन्द्रपुरको आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।
डिभिजन बन कार्यालय गौतमबुद्धको प्राङगणमा भएको कार्यक्रम नेपाल मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेगले रगत दिदैमा मानिसको जिवनयापनमा कुनै समस्या नहुने बताउनुभयो । मुस्लिमले रगत दान गर्नु जयाज रहेको बताउनुभयो ।
एक थोपा रगतले कसैको ज्यान बच्न सक्ने भएकोले रगत दिन कन्जुसाई नगर्न उहाँले आग्रह गर्नुभयो । रक्तदानले मानिस स्वथ्य बन्न सक्ने बताउँदै नागरिकहरु उत्साजनक रुपमा सहभागि हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले सब डिभिजन बनले यसरी सामाजिक काम गरेको भन्दै प्रशंसा गर्नुभयो । वन संरक्षण सगै मानिसको जिवन बचाउनु समेत भुमिका खेलेको बताउँनुभयो । रक्तदान सबै नागरिकहरुले गर्नुपर्ने भन्दै यसमा डर त्रास हुन नहुने बताउनुभयो ।
महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले रगत दान गरे स्वास्थ्यमा कुनै असर नगर्ने बताउनु भयो । नगर प्रमुख कलामले मुस्लिमहरु रगत दान गर्नु जयाज भएको बताउनु भयो ।
कार्यक्रममा युवा नेता रहिस शाहले रगत सबभन्दा महत्त्वपूर्ण भएकाले रक्तदान गर्न सबैलाई अनुरोध गर्नु भयो । युवाहरु रगत दान गर्न डराएकाले निर्धक्क भएर युवाहरु रगतदान गर्नुपर्ने बताउनु भयो ।
सब डिभिजन बन कार्यालय खरेन्द्रपुरका प्रमुख एजाज अन्सारीले रक्तदानमा सहभागिहरुलाई धन्यवाद दिनुभयो । नागरिकहरुको प्रत्येक्ष जिवन सग जोडिएको तथा आजको आवश्कता रक्तदान रहेकोले उक्त कार्यक्रम गरिएको बताउनुभयो । रक्तदान कायर्कममा डिभिजन वन कार्यालय(गौतम बुद्ध) का प्रमुख दधिलाल कडेलले बन कार्यालयले रगत दान कार्यक्रम गर्नु राम्रो अध्यक्ष भएको बताउनु भयो । सो कार्यक्रममा रुपन्देही ४(१) का प्रदेश सभा सदस्य कन्हैया बनियाले रक्तदान कार्यक्रम आफैमा महत्त्वपूर्ण तथा पुनित कार्य भएको बताउनु भयो । रक्तदान कार्यक्रममा राजनितिक दल,संघ सस्था,समाजसेवि सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।