Connect with us
Kapilvast Forest

देउवाले अहंकार देखाएको एकीकृत समाजवादीको ठहर

२०७९, १० पुष आईतवारमा प्रकाशित

नेकपा एकीकृत समाजवादीले पूर्व सहमति तोडेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहंकार देखाएको निष्कर्ष निकालेको छ ।

पहिला प्रधानमन्त्री को हुने भन्ने विवादले सत्ता गठबन्धन टुटेपछि समाजवादी पार्टीको सचिवालय बैठक बसेको थियो । बैठकमा नेताहरुले प्रचण्डलाई पहिलो पालो प्रधानमन्त्री बनाउने सहमति तोडेर कांग्रेसले अहंकार देखाएको बताएका छन् ।

‘देउवाले प्रचण्डसँग आन्तरिक सहमति गरेकै थिए । बोलेको कुरा पूरा नगरेर देउवाले अहंकार देखाएकै हुन्’ समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अनलाइनखबरसँग भने, ‘तर यही कारण सहयात्रा तोडेर प्रधानमन्त्रीका लागि एमालेलाई शक्ति प्रदान गर्न हुन्थ्यो हुन्नथ्यो ?’

कांग्रेस नेतृत्वको गठबन्धन सकिएको भन्दै एकीकृत समाजवादीले अब नयाँ सरकार गठन लगायतका घटनाक्रम हेरेर थप निर्णय लिने बताएको छ । ‘अहिले हामी पर्ख र हेरको अवस्थामा छौं’ एक नेता भन्छन्, ‘समग्र घटनाक्रम हेरेर निर्णय लिन्छौं ।’

बैठकपछि महासचिव वेदुराम भुषालले निकालेको विज्ञप्ति लेखिएको छ, ‘बैठकमा अकस्मात् विकसित राजनीतिक घटनाक्रमबारे गम्भीरतापूर्वक छलफल भयो र परिस्थितिको सूक्ष्म अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरियो ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu