Connect with us
Kapilvast Forest

बागलुङमा ५.३ म्याग्निच्युडको भूकम्प

२०७९, १३ पुष बुधबारमा प्रकाशित

काठमाडौं-बाग्लुङमा मध्य रातमा ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । जिल्लाको खुङ्गा क्षेत्रलाई केन्द्रविन्द्र बनाएर राति २ बजेर सात मिनेट जाँदा भूकम्प गएको हो ।

त्यसअघि राति १ बजेर २३ मिनेट जाँदा पनि बाग्लुङकै अधिकारी चौर आसपासमा केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहान करिब साढे तीन बजे पनि अधिकारी चौरमै केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का बाग्लुङसहित छिमेकी जिल्लामा पनि महसुस भएको थियो । यो प्रकम्प नभइ नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu