जसपा संसदीय दलको नेतामा रामसहाय यादव निर्विरोध
जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध निर्वाचित हुनुभएको छ । जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले संसदीय दलको नेता चयनका लागि यादवको मात्रै मनोनयन दर्ता भएको बताउनुभयो ।
निर्वाचन समितिले नेता यादव निर्विरोध घोषणा गर्न बाँकी रहेको बस्नेतले जानकारी दिनुभयो । यादव बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुनुहुन्छ । प्रतिनिधिसभामा जसपाका १२ जना सांसद छन् ।