Connect with us
Kapilvast Forest

धान उत्पादन बढ्याे, लुम्बिनीमा साढे ११ लाख मेट्रिक टन धान फल्याे

२०७९, १४ पुष बिहीबारमा प्रकाशित

काठमाडाै– यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि तथा पशुपक्षि विकास मन्त्रालयका अनुसार गएको वर्षभन्दा यो वर्ष साढे तीन लाख मेट्रिक टनले धान उत्पादन बढेको हो ।

मन्त्रालयले आज बिहीवार सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार यो वर्ष ५४ लाख ८६ हजार चार सय ७२ मेट्रिक टन धान उत्पादन हुने देखिएको छ । याे परिमाण गएको वर्षभन्दा तीन लाख ५५ हजार आठ सय ४७ मेट्रिक टनले धेरै हो । आर्थिक वर्ष २०७८/७९ मा ५१ लाख ३० हजार छ सय २५ मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो ।

यो वर्ष प्रतिहेक्टर उत्पादकत्व तीन दशमलव ७९ प्रतिशतले वृद्धि हुँदा समग्र धान उत्पादन वृद्धिदर गएको वर्षको भन्दा छ दशमलव ९४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । गएको वर्षभन्दा धान रोपाइँ हुने क्षेत्रफल घट्दा पनि धान उत्पादनमा भने वृद्धि हुने देखिएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताउनुभयो ।

प्रदेश १ मा १३ लाख ३६ हजार ५७, मधेस प्रदेशमा १३ लाख ८८ हजार आठ सय ४१, बाग्मती प्रदेशमा पाँच लाख चार सय ४६, गण्डकी प्रदेशमा तीन लाख ९१ हजार एक सय २१, लुम्बिनीमा ११ लाख ५१ हजार तीन सय १३, कर्णालीमा एक लाख २९ हजार चार सय ७३ र सुदूरपश्चिम प्रदेशमा पाँच लाख ८९ हजार दुई सय २१ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएकाे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu