Connect with us
Kapilvast Forest

चन्द्रौटामा मनाइयो राष्ट्रिय एकता तथा मेल मिलाप दिवस

२०७९, १६ पुष शनिबारमा प्रकाशित

सनिउल्ला धोबी-
नेपाली काँग्रेस कपिलवस्तु शिवराज नगरसमितिले चन्द्रौटामा एक कार्यक्रम गरी ४८ औंं राष्ट्रिय एकता तथा मेल मिलाप दिवस मनाएको छ ।शिवराज पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा कपिलवस्तु क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य सुरेन्द्र राज आचार्यले देशमा संसदीय व्यवस्थालाई कसैले पनि समाप्त गर्न नसकिने बताउनुभयो । उहाले अहिलेको कम्युनिष्ट सरकारले संसदीय व्यवस्थालाई समाप्त पार्न लागि परेको तर नेपाली काँग्रेस कदापी त्यस्तो हुन नदिने बताउनु भयो ।

विपी कोइरालाले जोखिम उठाएर भएपनि २०३७ सालमा जनमत संग्रहमा गएको स्मरण गर्दे उहाले “नेपाली काँग्रेस जनताको पार्टी हो, हामी जनतामा जाने पार्टी भएकोले त्यत्रो बलिदान दिएर, निर्वासनमा बसेर ल्याएको प्रजातन्त्र लोकतन्त्र गणतन्त्र र संविधानलाई समाप्त पार्ने खेल भई रहेको छ जुन काँग्रेसले हुन नदिने सांसद आचार्यले बताउनुभयो ।

कार्यक्रममा नेपाली काग्रेस जिल्ला सभापती अब्दुल कलामले विपी कोइरालाले आफ्नो जिवनको बाजी लगाएर प्रजातन्त्रका लागी गरेको योगदानको चर्चा गर्नुभयो । जिल्ला सभापती कालामले अन्य दलले संसदीय व्यवस्थालाई समाप्त गर्न खोजेको भएपनि काँग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागी कठोर भन्दा कठोर कदम चाल्न तयार रहेको तर्क राख्नुभयो ।

राष्ट्रिय एकता तथा मेल मिलाप दिवस कार्यक्रममा नेपाली काग्रेस शिवराज नगर समिति पार्टी सभापति मधु सुदन पोखरेलको अध्यक्षमा भएको थियो । उक्त कार्यक्रममा जिल्ला सभापती अब्दुल कलाम, उपसभापती हुमकान्त खनाल, जिल्ला सचिव प्रेम बहादुर रायमाझी, पुर्व सचिव विनोद नेपाल लगायतकाले विपीको योगदान बारे चर्चा गर्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu