Connect with us
Kapilvast Forest

अवैध क्रसर बन्द गर्न प्रजिअलाई गृहको निर्देशन

२०७९, २० पुष बुधबारमा प्रकाशित

काठमाडौं- गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ। मन्त्रालयले कानुन विपरित दर्ता भएका र नवीकरण नगरी सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योग तत्काल बन्द गर्न ७७ जिल्लाका प्रमुख जिल्ला अधिकरीलाई निर्देशन दिएको हो।

निर्देशनमा ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमति प्राप्त उद्योग –निर्माण व्यावसायीले आयोजना समाप्त भएपश्चात् पनि त्यस्तो उत्खनन् कार्य गरिरहेको भए छानबिन गरेर बन्द गर्न भनिएको छ।

प्रचलित कानुन विपरित ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन् तथा दोहन कार्यबारे गृह मन्त्रालयमा जनगुनासो र उजुरी प्राप्त भएपछि यस्तो निर्देशन भएको हो।

यस्ता उद्योग सञ्चालन गर्दा वातावरण संरक्षण ऐन, २०७६ को पालना र यस सम्बन्धमा अदालतबाट भएको आदेश कार्यान्वयन देखिएकाले बन्द गराउन मन्त्रालयले निर्देशन दिएको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu