Connect with us
Kapilvast Forest

लघुवित्तले ज्यादती गरेको भन्दै खारेजीको माग राखेर प्रदर्शन

२०७९, २२ पुष शुक्रबारमा प्रकाशित

बुटवल-लघुवित्त संस्थाहरु खरेजीको माग गर्दै लघुवित्त विरुद्ध संघर्ष समितिले बिहीबार बुटवलमा विरोध प्रदर्शन गरेको छ । संघर्ष समिति ५ बुंदे मागसहित देशका विभिन्न शहरमा विरोध प्रदर्शन गर्दै आएको जनाएको छ ।

संघर्ष समितिले लघु वित्त संस्थाहरुलाई नवसामन्तीको आरोप लगाउदै खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण दिनुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने लगायतका माग गर्दै बुटवलमा नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्तको आवरणमा अनुत्पादक क्षेत्रमा लगानी, वचतकर्ताको वचतको हिसाबकिताब नभएको, राष्ट्र बैंकको निर्देशिका भन्दा बाहिर गएर एउटै सदस्यलाई धेरै लघु वित्तले ऋण दिएर अनावश्यक ऋणको बोझ थोपरेको जस्ता विकृति र ठगी बढेकाले लघुवित्त संस्थाहरु खरेजीको माग गर्दै आन्दोलन थालेको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu